+

आर्सनल एफए कपको चौथो चरणमा

२०७६ पुष  २२ गते ९:०२ २०७६ पुष २२ गते ९:०२
आर्सनल एफए कपको चौथो चरणमा

काठमाडौं । आर्सनल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । रेइस नेल्सनले गरेको १ मात्र गोलको मद्दतमा आर्सनलले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा नेल्सनले ५५ औं मिनेटमा गोल गरेका थिए ।

आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगकै अर्को क्लब बर्नमाउथसँग खेल्नेछ ।

यसअघि नै प्रिमियर लिगका ठूला क्लबहरु म्यानेचष्टर सिटी, लिभरपुल र चेल्सी चौथो चरणमा प्रवेश गरिसकेका छन् । टोटनह्याम र म्यानचेष्टर युनाइटेडले भने बराबरी खेलेकाले रिप्ले म्याच खेल्नुपर्नेछ ।

युनाइटेड वल्भ्ससँग र टोटनह्याम मिडलस्ब्रोसँग बराबरीमा रोकिएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय