+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एक बर्षमा अक्षयको फिल्मले कमायो सात सय करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १२:२९

बलिउड नायक अक्षय कुमारका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरिरहेका छन् । अहिले अक्षय कुमारको दिन बलेको छ । उनी अभिनित ४ वटा चलचित्र एउटै बर्षमा रिलिज हुन्छन् । तर, सबै चलचित्रले हिटको व्यापार पनि गर्छन् ।

सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन् । एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक अक्षय कुमार बनेका छन् । उनी अभिनित ४ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए । यी चारै चलचित्र सय करोड क्लबमा प्रवेश गरे ।

उनी अभिनित ४ वटा चलचित्रले भारतीय बक्स अफिसमा ७ सय करोड भन्दा बढी कमाएका छन् । एक बर्षमा कुनै नायकका चलचित्रले गरेको व्यापार यो सवैभन्दा धेरै हो ।

गतबर्ष उनी अभिनित ‘केशरी’ले १५४ करोड कमाएको थियो । यस्तै, उनी अभिनित अर्को चलचित्र ‘मिसन मंगल’ले २०२ करोड कमाएको थियो । अर्को चलचित्र ‘हाउसफूल ४’ले बक्स अफिसमा १९४ करोड कमाई गरेको थियो । अहिले चलचित्र ‘गुड न्यूज’ रिलिज भैरहेको छ । यो चलचित्रले बक्स अफिसमा १७० करोड बढी कमाइसकेको छ । यसैले पनि अक्षयका चलचित्रले एक बर्षमै ७ सय करोड बढी कमाई गरेका छन् ।

यसअघि नायक रणवीर सिंहका चलचित्रले सन् २०१८ मा ५४२ करोडको कमाई गरेका थिए भने सन् २०१५ मा सलमान खानका चलचित्रले ५३० करोडको कमाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?