Comments Add Comment

एक बर्षमा अक्षयको फिल्मले कमायो सात सय करोड

बलिउड नायक अक्षय कुमारका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरिरहेका छन् । अहिले अक्षय कुमारको दिन बलेको छ । उनी अभिनित ४ वटा चलचित्र एउटै बर्षमा रिलिज हुन्छन् । तर, सबै चलचित्रले हिटको व्यापार पनि गर्छन् ।

सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन् । एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक अक्षय कुमार बनेका छन् । उनी अभिनित ४ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए । यी चारै चलचित्र सय करोड क्लबमा प्रवेश गरे ।

उनी अभिनित ४ वटा चलचित्रले भारतीय बक्स अफिसमा ७ सय करोड भन्दा बढी कमाएका छन् । एक बर्षमा कुनै नायकका चलचित्रले गरेको व्यापार यो सवैभन्दा धेरै हो ।

गतबर्ष उनी अभिनित ‘केशरी’ले १५४ करोड कमाएको थियो । यस्तै, उनी अभिनित अर्को चलचित्र ‘मिसन मंगल’ले २०२ करोड कमाएको थियो । अर्को चलचित्र ‘हाउसफूल ४’ले बक्स अफिसमा १९४ करोड कमाई गरेको थियो । अहिले चलचित्र ‘गुड न्यूज’ रिलिज भैरहेको छ । यो चलचित्रले बक्स अफिसमा १७० करोड बढी कमाइसकेको छ । यसैले पनि अक्षयका चलचित्रले एक बर्षमै ७ सय करोड बढी कमाई गरेका छन् ।

यसअघि नायक रणवीर सिंहका चलचित्रले सन् २०१८ मा ५४२ करोडको कमाई गरेका थिए भने सन् २०१५ मा सलमान खानका चलचित्रले ५३० करोडको कमाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment