+
+
Shares

‘क्वीकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १८:४३

२२ पुस, काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड बीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ।

‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेकोहो। सम्झौताअनुसार, लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवाउपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दद।

‘क्वीकभुक्तानी’ यस्तो अनलाईन प्लेटफार्र्म हो जसले बिभिन्नप्रकारका सामानतथा सेवाउपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, ती सामानरसेवाकिन्ने क्रेताकम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा जोड्दछ।

सप्लायरले यो प्लाटफर्र्र्र्म प्रयोग गरी आपूर्ति गरिएको सामानरसेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ। यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानीगर्दा बैंकले आफ्नो सेवाशुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ।

अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीकभुक्तानी ’एकदमै सान्धर्भिक र लाभदायक हुने विश्वास लक्ष्मी बैंक तथा एफवान सफ्टले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?