+

साडियो मानेले जिते अफ्रिकन प्लेअर अफ दि इअर अवार्ड

२०७६ पुष  २३ गते ११:३७ २०७६ पुष २३ गते ११:३७
साडियो मानेले जिते अफ्रिकन प्लेअर अफ दि इअर अवार्ड

२३ पुस, काठमाडौं । लिभरपुलबाट खेल्ने सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन प्लेअर अफ दि इअरको अवार्ड जितेका छन् । सेनेगलका मानेले इजिप्टका फरवार्ड मोहम्मद सालाह र अल्जेरियाका रियाद महारेजलापछि र्दै पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।

२७ वर्षीय मानेले लिभरपुलका लागि २०१९-२० सिजनमा १५ गोल गरिसकेका छन् । लिभरपुल १३ अंकको अग्रतासहित शीर्ष सथानमा छ ।

‘म एकदमै खुशी र गौरवान्वित छु अवार्ड जित्दा । फुटबल मेरो काम हो र म यसलाई माया गर्छु,’ मानेले भने, ‘मेरो परिवार, राष्ट्रिय टिम, स्टाफ, फेडेरेसन लिभरपुल फुटबल कलब सबैलाई धन्यावाद दिन चाहन्छु। मेरोलागि यो ठूलो दिन हो ।’

इजिप्टमा भएको अवार्ड समारोहमा सालाह र महारेज उपस्थित थिएनन् । सालाह र महारेज दुवैले यस अवार्ड जितिसकेका छन् ।

पछिल्लो तीन वर्ष माने अन्तिम ३ मा परेपनि अवार्ड जित्न सकेका थिएनन् । माने यस अवार्ड जित्ने दोस्रो सेनेगली खेलाडी बने । यसअघि सन् २००२ मा सेनेगलका एल हाड्जी हिओफले यस अवार्ड जितेका थिए ।

यस्तै रिहाद महारेजले नाइरियाविरुद्ध अल्जेरियामा गरेको गोलबाट गोल अफ दि इअरको अवार्ड जिते ।

यस्तै टिम अफ दि इअरमा भने प्रिमियर लिगबाटै खेलेका खेलाडीको वर्चस्व छ । जसमा माने, सालहा र महारेजसंगै आर्सनलबाट खेल्ने पिएरे एमरिक ओवामेयाङ, लिभरपुलका जोयल मातिप र टटनहमका सर्जि अरिओर पनि अटाएका छन् ।

यस्तै अयाक्सबाट खेल्ने गोलकिपर आन्द्रे ओनाना, बोरुसिया डर्टमण्डबाट खेल्ने अच्रफ हाकिमी, नापोलीबाट खेल्ने कालिदोउ काउलीबेली, पिएसजीबाट खेल्ने इड्रिसा गाना गुये र मोरोक्कोबाट खेल्ने हाकिम जियच छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३