Comments Add Comment

चितवनमा थपिए दुई फिल्म हल

२३, पुस, चितवन । चलचित्रकर्मीहरूको दोस्रो व्यापारिक बजारका रुपमा रहेको चितवनमा एकैसाथ एक मल्टिप्लेक्ससहित दुईवटा फिल्म हल सञ्चालनमा आएका छन् ।

भरतपुरको सिजी ल्याण्डमार्कको चौथो तलामा आधुनिक सुविधासहितको सिनेप्लेक्स मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ भने पूर्वी चितवनको पर्सामा म्याङ्गो हल सञ्चालनमा आएको छ ।

सिनेप्लेक्स हल सञ्चालक गणेश श्रेष्ठका अनुसार हलमा पछिल्लो आधुनिक प्रविधि भित्र्याइएको जानकारी दिए । ‘दर्शकको रोजाई अनुसारको हल भरतपुरमा नै बनेको छ,’ सञ्चालक श्रेष्ठले भने, ‘ल्याण्डमार्कमा अन्य कामसमेत गर्न आउने ग्राहक दर्शकलाई सजिलो होस् भनेर उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने गरी हल तयार गरेका छौं ।’

हलमा गणेश श्रेष्ठ, कमल चौधरी र राजेन्द्र प्रधानको गरी करिब ११ करोड लगानी रहेको छ ।

मल्टिप्लेक्सको स्त्रिmन १ मा १४३ र अर्कोमा २१९ सिट रहेको छ । चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सर्बभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्कृन लगाएको सञ्चालक श्रेष्ठले बताए ।

हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । चितवनमा सिनेप्लेक्ससहित दुई वटा हल मल्टिप्लेक्स बनेका छन् ।

यस्तै, पूर्वी चितवनको पर्सामा म्याङ्गो जनज्योती हल सञ्चालनमा आएको छ । करिब ५ करोडको लगानीमा तयार भएको हलको क्षमता ३०४ जनाको रहेको सञ्चालक शिवप्रसाद उप्रेतीले जानकारी दिए । उनीसहित ५ जनाको समूहले हलमा लगानी गरेको हो । मल्टिप्लेक्स नभए पनि मल्टिप्लेक्समा हुने सुविधा उपलब्ध गराइएको सञ्चालकको दाबी छ ।

थपिदै मल्टिप्लेक्स

एकै ठाउँमा धेरै हल भएका मल्टिप्लेक्ससमेत सञ्चालनमा आउने क्रम देशभर बढेको छ यस्तो सिनेमा घरमा चलचित्र हेर्नुका साथै फूडकोर्ट तथा अन्य सुविधा उपलब्ध हुन्छन् ।

चितवनको सबैभन्दा पूरानो हल मानिने गणेश चलचित्र भवनमा पनि मलसहित मल्टिप्लेक्स हल बनाउने तयारी अघि बढेको छ ।

हल सञ्चालक दिनेश चुकेले मलसहितको मल्टिप्लेक्स हल बनाउन सिनेमा घर बन्द गरिएको जानकारी दिए । मलको डिजाइन नक्सा तयार भैसकेको छ ।

लगानीको स्रोत खोजिरहेको सञ्चालक चुकेको भनाइ छ । ‘मल भए पनि हल चल्छ कि भन्ने विश्वास छ,’ चुकले भने, ‘पाँच कठ्ठा जग्गामा मलसहित मल्टिप्लेक्स हल बन्छ ।’

बिग सिनेमा घर नेपालकै पहिलो मल्टिप्लेक्स सिनेमा घरमा पर्छ । विषेश गरी सपिङ मलहरूमा हलको दरिलो उपस्थिती देख्न थालिएको छ । यसले आर्थिक रूपमा मध्यम र उच्च वर्गका दर्शकलाई तानेको पाइन्छ ।

ग्राहकहरु मलमा किनमेलका लागि आउँदा रोजीरोजी सिनेमा हेर्न पाउने भएकोले मलमा हल चल्न थालेको गणेश हलका सञ्चालक दिनेश चुकेले बताए ।

नारायणगढकै अर्को पुरानो हल जुनलाई भत्काएर त्यहाँ अहिले सपिङ मल बनिरहेको छ । सो मलको माथिल्लो तलामा पनि मल्टिप्लेक्स हल चलाउने चर्चा छ ।

९ वर्षअघि बन्द भएको टाँडीको ज्योती हललाई नयाँ बनाउन भन्दैं भत्काइएको छ । २०४० सालमा स्थापना भएको हलमा दर्शक आउन कमी भएपछि बन्द गरेर मल्टिप्लेक्स बनाउन लागिएको सञ्चालक बरुणबाबु घिमिरेले बताए ।

करिब १० करोडको लगानीमा सुविधा सम्पन्न हल तयार गर्ने सोच बनाएको सञ्चालक घिमिरे बताउँछन् ।

तीन जनाको संयुक्त लगानीमा बन्ने हलमा हल एकमा दुईसय र हल दुईमा दुई सय जना अटाउन सक्ने क्षमता रहने छ ।

पूर्वी चितवनका ४० प्रतिशत दर्शक फिल्म हेर्न नारायणगढ जाने भएकोले त्यसलाई रोक्नका लागि पनि अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स हल आवश्यक भएको सञ्चालक घिमिरेले बताए ।

करिब पाँच करोड खर्चिएर स्त्तरोन्नती गरिएको नारायणगढकै इन्द्रदेव चलचित्र मन्दिरलाई पनि मल्टिप्लेक्स बनाउने तयारी गरिएको छ ।

मल्टिप्लेक्स नभई हल चलाउन नसकिने देखिएकोले मल्टिप्लेक्स बनाउने तयारी थालिएको हलका म्यानेजर हरी रेग्मीले जानकारी दिए ।

चितवनको पहिलो ‘मल्टिप्लेक्स’ हल जलमा ‘क्यूएफएक्स’ हो । ‘डिसिएन’ र पूरानो जलमा हलको संयुक्त लगानीमा बनेको मल्टिप्लेक्स जलमाबाट डिसिएन हटेको छ ।

हलको एकल स्वामित्व सञ्चालक बीरेन्द्रनारायण श्रेष्ठको नाममा छ । हल ‘एक’ मा २६८ जना र हल ‘दुई’मा २६५ जनाको क्षमता छ ।

हल निर्माण गर्नका लागि ८ करोड माथिको रकम लागेको हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठले जानकारी दिए ।

हलको साउण्ड सिस्टम र प्रोजेक्सनका लागि मात्र करिब डेढ करोड रकम खर्च भएको दावी हल सञ्चालकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment