+
+
Shares

श्रीमानले हम्मरले हिर्काउँदा युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १६:०८

२३ पुस, बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको बताए ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।

प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?