Comments Add Comment

‘टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई’

२३ पुस, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको बताएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो ।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथाभित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स रडुअल प|mन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।

हालैमात्र नेपाल एसबिआई बैंक (काठमाडौं) र गोदावरी आइरन स्टोर (हेटौंडा)लाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अगि्रम बुकिङ भैरहेको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरू डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध छ ।

साथै नयाा वर्षको अवसरमा टाटा मोटर्सले ल्याएको नयाा वर्षमा नयाँ कार योजनाले पनि ग्राहक वर्गमा थप उत्साह बढेको कम्पनीले जानकारी दिएको छ ।

यो योजनाअनुसार जनवरी महिनाभरि नै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु १ लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज, डिनर लगायतकाविशेष आर्कषणहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment