Comments Add Comment

लागूऔषधसहित ३ जना पक्राउ

२३ पुस, काठमाडौं । प्रहरीले मकवानपुर र धादिङबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजासहित २ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ सीएम् ६२४६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा कारको डिकीभित्रबाट उक्त गाँजा बरामद भएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन ।

यस्तै धादिङको थाक्रे गाउँपालिका-७ हाप्सेचौरस्थित त्रिभुवन राजपथबाट चरेससहित एक जना पक्राउ परेका छन् ।

करिब ४ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका-६ बस्ने १७ वर्षीय अनिष मिजार बुधबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले मकवानपुर काठमाडौतर्फ आउँदै गरेको बा.२ ख ४९७२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा हातेझोलाभित्र लुएकार ल्याउँदै गरेको अवस्थामा उनी चरेससहित पक्राउ परेका हुन् ।

घट्नाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment