+
+

सेनाले राख्यो एकीकरण मार्गसम्बन्धी ३ दिने सेमिनार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २४ गते १७:४९

३ पुस, काठमाडौं । नेपाली सेनाले माघ २ देखि ५ गतेसम्म एकीकरण मार्गसम्बन्धी वृहत छलफल कार्यक्रम गर्ने भएको छ ।

ऐतिहासिक गढी तथा किलको संरक्षण र संवद्र्धन गर्न भन्दै सेनाले तीन दिनसम्म एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार गर्न लागेको हो ।

जंगी अड्डाको सभामण्डपमा हुने कार्यक्रममा मन्त्री, वरिष्ठ पदाधिकारी, पूरातत्वविद, इतिहासविद, भूगोलविद, पर्यटन व्यवसायी, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, गैर सरकारी संसथाका प्रतिनिधिलगायत सहभागी हुनेछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रमको अवधारणा, नेपाल भ्रमण वर्ष २०२० मा नेपाली सेनाको सहभागिता, नेपालको ऐतिहासिक गढी तथा किल्लाको प्रोफाइल निर्माण, एकीकरण मार्ग कार्यक्रम सम्बन्धि वृत्तचित्र प्रदर्शन गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सेमिनारमा संग्रहालयहरुको अवस्था र कानूनी अवस्था, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी प्यानल छलफललगायत अन्य समसामयिक विषयवस्तुमा छलफल गर्ने सेनाले जनाएको छ ।

सेमिनारको समापन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट गर्ने सेनाको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?