Comments Add Comment

सेल्फिडाँडामा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु   

२४ पुस, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ वीपी राजमार्गअन्तर्गत सेल्फिडाँडामा बिहीबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क ५ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिफरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् । खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment