काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले चार महिनाभित्र गगनचुम्बी राम मन्दिर निर्माण हुने बताएका छन् । कांग्रेस नेता एवं वकिल कपिल सिब्बलले राम मन्दिर निर्माण गर्न नहुने धारणा राखेका थिए ।
त्यसको जवाफमा आइतबार गृहमन्त्री शाहले भने, ‘सिब्बल भाइ, सक्छौ भनेर रोक्नुस्, चार महिनामा गगनचुम्बी राम मन्दिर निर्माण हुँदैछ ।’
शाहले मध्य प्रदेशको जबलपुरमा नागरिकता संशोधन ऐन (सीएए) को सम्बन्धमा आयोजित ‘जन जागरूकता र्याली’लाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।
विपक्षी दलले भोटबैंकको राजनीतिका कारण नागरिकता संशोधन कानूनको विरोध गरिरहेका तर भाजपाले देश हितको राजनीति गरिरहेको उनको दाबी छ । गृहमन्त्रीले भने, ‘जनतालाई उक्साइँदैछ, नागरिकता हराउँछ भनेर भ्रममा पारिँदैछ । यो एकदम गलत छ । कसैको नागरिकता हराउँदैन ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4