+

टी २० क्रिकेटमा फर्किए ब्राभो

२०७६ पुष  २८ गते १३:१६ २०७६ पुष २८ गते १३:१६
टी २० क्रिकेटमा फर्किए ब्राभो

२८ पुस, काठमाडौं । वेष्ट इन्डिजका क्रिकेटर ड्वायेन ब्राभो झण्डै चार वर्षपछि फेरि टिममा फर्केका छन् । सन् २०१६ मा सन्यास घोषणा गरेका उनी आयरल्याण्डविरुद्ध खेल्ने वेष्टइन्डिजको टी २० टिममा परेका छन् ।

३६ वर्षका ब्राभोले गत डिसेम्बरमा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने संकेत गरेका थिए । उनले सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा स्थान बनाउने आशा पनि राखेका छन् ।

ब्राभोले यसअघि सन् २०१६ को सेप्टेम्बरमा पाकिस्तानविरुद्ध अबुधावीमा टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए  । उनले सन् २०१८ को अक्टोबरमा सन्यास घोषणा गरेका थिए । अहिले उनले टी २० मात्र खेल्ने बताएका छन् । ‘टिममा परेपछि म प्रतिवद्ध भएर फेरि एक पटक टि २० क्रिकेटमा मेरो क्षेत्रको प्रतिनिधित्व गर्नेछु, मेरो विचारमा वेष्ट इन्डिजको क्रिकेट र मेरा फ्यानहरुका लागि रोमान्चक हुनेछ’ उनले भने ।

आयरल्याण्डविरुद्धको वेष्टइन्डिज टिममा कप्तान किरोन पोलार्ड, ड्वायेन ब्राभो, सेल्डन कोट्रेल, सिम्रन हेटमायर, ब्रान्डन किङ, एभिन लेविस, खरी पियरी,  निकोलस पारोन, रोभम्यान पावेल, सेरफान रुथरफोर्ड, लेन्डिल सिमोन्स, हायडन वाल्स जुनियर रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय