+
+

जापानमा राप्ती समाजले सुरू गर्‍यो ‘भिजिट नेपाल’को प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १३:५७

जापान । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भइसको छ । नेपालमा जनवरी १ तारिखमा दिन शुभारम्भ भएपछि विदेशस्थित नियोगहरुमा पनि ७ तारिखबाट शुभारम्भ गरिएको छ ।

विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरु पनि आ-आफ्नो ठाउँबाट स्वस्फूर्त प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् । सोही अनुसार नेपालमा पर्यटन भित्र्याउन राप्ती समाज जापानले पनि प्रबर्धनात्मक अभियान सुरू गरेको छ ।

विभिन्न अध्ययन, पेशा र व्यवसाय गरी जापानमा रहेका राप्तीवासीहरुले जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट पर्दशन गरेका छन् ।

जापानमा रहेका हरेक नागरिकलाई बुझ्न सजिलो होस् भनी नेपाली, जापानिज र अंग्रेजी भाषामा ‘भिजिट नेपाल- २०२०’ लेखेर छापिएका टिर्सट प्रर्शनमा गरिएको हो ।

समाजले हालै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियन्ता विश्वेश्वर रेग्मीको नेतृत्वमा टोक्योमा प्रत्यक वर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण वर्ष २०२० को बुथ नै राखेर प्रचारप्रसार गरेको थियो ।

कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यटनस्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन वर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो ।

पर्यटकीय टिर्सट र पोष्टरहरुले जापानिजहरुलाई ध्यानआकर्षण गरेको थियो भने कितपय जापानिजहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीसँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे ।

समाजका संरक्षक रेग्मीले विदेशमा रहेका हरेक नेपाली पर्यटन दूत हुनुपर्ने र हरेकले एकजना नेपाल भ्रमणमा पठाउन पहल गर्नु पर्ने बताए । यसो गरे मात्रै पनि ९० हजार जापानी नेपाल पुग्न उनको भनाइ छ ।

गत वर्षदेखि नेपाल वायु सेवा निगमले पनि ओसाका काठमाडौं सिधा उडान सुरु गरेको र यसै वर्षदेखि नारिता (टोक्यो) काठमाडौं सिधा उडानको सुरु गर्ने घोषणा गरिसकेकोले यसले राम्रो प्रभाव पार्ने आशा समाजको छ ।

समाजले विभिन्न सामाजिक सञ्जालबाट समेत नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने निर्णय गरेको छ । समाजका सबै पदाधिकारीहरुलाई सामाजिक संजालमा पर्यटन सम्बन्धी लेख, रचना र फोटाहरु राख्नसमेत अनुरोध गरिएको अध्यक्ष युबराज रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?