Comments Add Comment

मनाङ र थ्रीस्टारको खेल माघ ४ गते

२९ पुस, काठमाडौं । नेपाली फुटबलका दुई चर्चित क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब लिगमा माघ ४ गते खेल्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सार्वजनिक गरेको ए डिभिजन लिगको सातौं र आठौं चरणका खेल तालिकाअनुसार मनाङ र थ्री स्टार सातौं चरण अन्तर्गत माघ ४ गते खेल्ने भएका हुन् ।

४ गते नै नेपाल पुलिसले जाउलाखेल युथ क्लबसंग खेल्नेछ । त्यसअघि माघ ३ गते मछिन्द्र क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । सातौं र आठौं चरणका सम्पूर्ण खेल दशरथ रंगशालामा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment