Comments Add Comment

लक्ष्मी भन्छिन्–‘एकजना गलत मान्छेका कारण यो क्षेत्र छाडिनँ’

अभिनेत्री लक्ष्मी बर्देवाले ‘नियत’ नामक पुस्तक पढ्दै गर्दा पुस्तकमा भएका कथाहरुमा आफूलाई महशुस गरिन् । पुस्तकका पात्रहरुले भोगेका भोगाइहरु आफ्नै भोगाई जस्तै लाग्यो । त्यसको कारण छ, लक्ष्मी आफै यौन हिंसाको शिकारमा परेकी थिइन् । उनले भनिन्–‘म आफ्नो उमेरको अपरिपक्कताले गर्दा त्यहाँसम्म पुगेको थिएँ । त्यहाँ बाट बचेर फर्किएँ । उक्त घटनापछि मैले कहाँ जाने र कहाँ नजाने भन्ने कुराहरु सिक्ने पाएँ ।’

उनी भन्छिन्–‘त्यो एक जना गलत मान्छेलाई भेट्नु पूर्व मैले राम्रो मान्छे पनि भेटेकी थिएँ । त्यसैले मलाई यो क्षेत्रबाट पछाडि हट्ने मन भएनँ ।’ उनले यो क्षेत्रमा १ जना खराब मान्छे भएपनि २० जना राम्रो मान्छे भएको सुनाइन् ।

यो पनि पढ्नुहोस स्वस्तिमाकोे प्रश्न–‘साच्चैै यस्तै छ र चलचित्र क्षेत्र ?

त्यो समय लक्ष्मीले उक्त गलत व्यक्तिलाई गतिलो उत्तर फर्काउन सकेकी थिइन् । यो क्षेत्रमा पाइला टेक्दै गरेकाले पनि आफूसँग बोल्ने हिम्मत नभएको उनले सुनाइन् । लक्ष्मीले भनिन्–‘अहिलेको समय भएको भए मैले दिने उत्तर फरक हुन्थ्यो ।’

लक्ष्मीलाई आफूमाथि खराब व्यवहार गर्ने मानिसको चलचित्रबाट अरु कलाकारले पनि डेब्यु गर्दा आफ्नो जस्तै नियती त भोगेनन् भन्ने डर अझै छ ।

यो पनि पढ्नुहोस ‘पुरुष कलाकार आर्थिक शोषणामा परेका छन्’: रेखा थापा

लक्ष्मीले उक्त नराम्रो घटनालाई बिर्सिदै गएकी थिइन् । एकदिन भेटिएकी एक नायिकाले सोही खराब नियत राख्ने निर्देशकको चलचित्रबाट डेब्यु गरेको लक्ष्मीलाई सुनाइन् । यसपछि भने उनको मन अत्तालियो ।
उनले सोध्ने साहस गरिनन् । तर, उनको मनमा भने अमिलो पसिसकेको थियो ।

यहाँ गलत नियत भएकाहरु बाचिरहेका छन् । सल्बलाइरहेका छन् । तर, त्यसको विरोध गर्नेहरु पलायन भएका छन् । त्यसमा लक्ष्मीको मन दुखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment