+
+

नेपालका लागि नयाँ भारतीय राजदूतमा विनयमोहन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते १९:०८

२९ पुस, काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूतमा विनयमोहन क्वात्रा आउने भएका छन् । उनी हाल फ्रान्सका लागि भारतीय राजदूत हुन् ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार उनी अमेरिकाका लागि भारतीय राजदूत बन्ने अनुमान थियो । तर उनलाई भारत सरकारले नेपाल पठाउनेे तयारी गरेको छ ।

१९८८ मा भारतको परराष्ट्रसेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।

द प्रिन्टकाअनुसार नरेन्द्र मोदी सरकारले फ्रान्समा भने जावेद अशरफलाई पठाउने तयारी गरेको छ ।

यस्तै अमेरिकाका लागि भारतीय राजदूतमा भने तरनजीत सिंह सन्धूलाई पठाउने तयारी गरेको छ । हाल श्रीलंकाका लागि भारतीय उच्चायुक्त रहेका उनी विदेशमन्त्री एस जयशंकरका प्रिय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?