Comments Add Comment

‘सेल्फी किङ्ग’को ‘हाम्रो सेल्फी किङ्ग’ प्रतियोगीता

माघको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग’को निर्माणपक्षले प्रचारको नयाँ तरिका अगाडि सारेका छ । ‘हाम्रो सेल्फी किङ्ग’ नाम दिइएको यो प्रतियोगीतामा सहभागी हुन चाहनेले आफ्नो सेल्फी पोष्ट गर्ने सक्नेछन् । सेल्फी खिच्न चाहनेले तस्वीर खिच्दा विभिन्न मेकअप समेत प्रयोग गर्न सक्नेछन् ।

पोष्ट गरिएका सेल्फीहरुमध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने निर्माणपक्षले बताएको छ । सहभागीहरुले ‘हाम्रो कम्यूनिटी’ मार्फत सेल्फी पोष्ट गर्न सक्नेछन् ।

माघ ५ गतेदेखि माघ २० गतेसम्म यो प्रतियोगीतामा सहभागीता जनाउन सकिनेछ । यो प्रतियोगीताको विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टूडियोमा ३ महिनाको अभिनयको तालिमको छात्रवृत्ती प्रदान गरिनेछ ।

निर्माता दिनेश राउतले यो प्रतियोगीताले कलाकार बन्न चाहनेहरुका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे । विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सुभाष थापा र दिनेश राउतको लगानी छ । चलचित्रमा नायक विपिन कार्की, नायिका लक्ष्मी वर्देवाको साथमा भूवन चन्द, अभय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

तासले सपारेको जीवन !

Advertisment