Comments Add Comment

‘मोडल सङ्स अवार्ड २०२०’ दिल्लीमा हुने

मोडल सङ्स नेपालले ‘मोडल सङ्स अवार्ड, २०२०’ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष  इन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो अप्रिल १२ मा हुन लागेको हो ।

अवार्डका बारे जानकारी गराउन बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरियो । सो कार्यक्रममा बोल्दै आयोजक संस्थाका सीईओ डेविल सिंह राजपुतले संगीत, चलचित्र, फेशन, मोडल, इभेन्टअन्तर्गत विभिन्न विधामा भोटिङका आधारमा पुरस्कृत गरिने जानकारी दिए ।

अवार्डमा मनोनयनका लागि माघ २ गतेदेखि आवेदन फाराम खुल्ला हुने छ । फेब्रुअरी २९ भित्र आवेदन फाराम भरिसक्नुपर्ने छ भने अवार्डको नोमिनेसन मार्च ७ मा सार्वजनिक गरिने छ । मनोनयनमा पर्नेहरुले मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्राप्त गर्ने छन् ।

अन्तर्राष्ट्रियस्तरमा नेपाली कला, संस्कृतीको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने हेतुले अवार्ड भारतमा कार्यक्रम आयोजना गर्न लागिएको ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए ।

मोडल सङ्गस नेपालले यसअघि युएईमा ‘मोडल सङ्स अवार्ड २०१८’ दुवईमा र एमएसएन एक्सीलेन्स अवार्ड, २०१९ इजिप्टको कायरोमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

तासले सपारेको जीवन !

Advertisment