+
+

बालुवाटारको कुकर बम सेनाले निष्कृय पार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १०:२२

२ माघ, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहले बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको टोलीले गएराति ११ बजे बम निष्कृय पारेको हो ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निष्कृय पारिएको जानकारी दिए ।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो । बम विष्फोटबाट नागार्जुन-१ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?