
१ माघ, काठमाडौं । बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा पनि शंकास्पद वस्तु भेटिएको छ ।
बुधबार राति भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको स्टोर छेऊ रहेको पर्खालबाहिर कुकर जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।
घटनास्थलमा खटिएका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) ले अनलाइनखबरलाई बताएअनुसार अहिले त्यसक्षेत्रलाई घेरा हालिएको छ । र, सेनाको बम डिस्पोजल टोली बोलाइएको छ ।
यसअघि ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन–१ नर्सरी चोकस्थित घरमा पनि विष्फोट भएको थियो । जसमा कुमार भट्ट सामान्य घाइते भएका छन् ।
यो पनि पढ्नुस्
ढकालको घरमा कुकर बम विष्फोट भएको आशंका
विस्फोटको जिम्मा विप्लव समूहले लियो
ललिता निवासको जग्गा कब्जा गरेको विप्लव समूहको घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4