+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

ढकालको घरमा कुकर बम विष्फोट भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते २२:३८
प्रमाण संकलन गर्दै अनुसन्धान अधिकृत । तस्वीरः चन्द्र आले/अनलाइनखबर

१ माघ, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको हो ।

नागार्जुन–१ नर्सरी चोकस्थित घटनास्थलमा पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कुकरका टुक्राहरु भेटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियो । ‘खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताएका छन्’, ती अधिकृतले भने, ‘सायद बममा टाइमर फिट गरिएको थियो ।’

विस्फोटपछि बम राखिएको ढोका उछिट्टिएको थियो भने आवाजले झ्याल पनि फुटेको डीआईजी पोखरेलले बताए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार अहिले सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोली पनि घटनास्थलमा पुगेको छ । र, अनुसन्धान थालेको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । बालुवाटारमा पनि बम राखिएको हल्ला गरिए पनि केही नभेटिएको उनले बताए ।

बालुवाटारमा पनि शंकास्पद वस्तु रहेको भनिएपछि प्रहरीले कुकुर शाखाबाट विष्फोटक पदार्थ भएको स्थान पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । तर, केही फेला नपरेको बताइएको छ ।

विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए ।

विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?