Comments Add Comment

विदेशस्थित नेपाली नियोगमा काम गर्ने कर्मचारीको तलब वृद्धि

२ माघ, काठमाडौं । सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने कर्मचारीको तलब वृद्धि गरेको छ ।

सम्बन्धित देशको न्यूनतम तलब अनुसार नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको तलब वृद्धि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कुन देशको नियोगमा कार्यरत कर्मचारीको कति प्रतिशत तलब बढेको भन्नेबारे भने मन्त्री बाँस्कोटाले केही खुलाएनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार स्थानीय कर्मचारी अन्तर्गत रिसेप्सनिस्ट, ड्राइभर, सुरक्षा गार्ड आदि पर्दछन् । ती कर्मचारीहरुको सम्बन्धित देशको कानुन अनुसार न्युनतम तलब पुर्याउनका लागि बृद्धि गर्ने निर्णय भएको जनाइएको छ ।

हाल नेपालका विभिन्न ३० वटा देशमा राजदूतावास छ । तीन वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास रहेका छन् ।

चिनसँग फौजदारी विषयमा कानुनी साझेदारी

सरकारले चिनसँग फौजदारी विषयमा कानुनी साझेदारी गर्ने निर्णय पनि गरेको छ ।

नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसदमा जानकारीका लागि पेश गर्ने निर्णय भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment