+
+
Shares

आस्था राउत प्रकरणमा डीआईजीले भने – पदीय हिसाबले कसैलाई छुट हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते २१:०२

२ माघ, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सौलियत नहुने बताएका छन् ।

गायिका आस्था राउतले विमानस्थलमा प्रहरीले दुर्व्यहार गरेको दाबी गर्दै भिडियो जारी गरेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले पदीय वा सेलिब्रेटीको हिसाबले कसैलाई नछाडिने बताएका हुन् ।

राउतले प्रहरी सुरक्षा जाँचका क्रममा आफूलाई दुर्व्यहवार भएको बताएकी थिइन् । लगत्तै प्रहरी प्रधान कार्यालयले छानविनका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई निर्देशन दिएको थियो ।

‘ड्यूटीमा बसेको प्रहरीको मनोबल गिराउने हर्कत कोहीबाट हुन्छ भने क्षमा योग्य हुँदैन र त्यही विषयसँग जोडेर सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने ढंगले गरेका गाली गलौजको पनि छुट हुँदैन’, उनले अनलाइनखबरसँग भने, ‘छानविनका क्रममा प्रहरी कर्मचारीको पनि गल्ती देखिए कडा कारबाही हुन्छ ।’

राउतको फेसबुक स्टाटस

उनले घटना भएको वेलाको विमानस्थलको सीसी टीभी फुटेज मगाएर अनुसन्धान थालिसकिएको बताउँदै भने, ‘तत्कालीन समयका प्रत्यक्षदर्शी, सम्बन्धित प्रहरी कर्मचारी र सीसी टीभीमा देखिएको दृश्यको आधारमा छानविन जारी छ ।’

छानविनबाट दोषी देखिनेले कानूनको सामना गर्नै पर्ने उनले बताए ।

राउतले भने चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेपछि आक्रोशित भएको बताएकी छन् । उनले आफूले आवेगमा अनुपयुक्त शब्द प्रयोग भएको भन्दै क्षमा मागेकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो ।’

उनले यसअघि भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?