
३ माघ, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँबाट आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।
चीनबाट नेपाल आएका विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि शुक्रराज सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको हो ।
उनलाई तीन दिनसम्म अस्पताल भर्ना गरेर विभिन्न परीक्षण गरिएको थियो । तर प्रारम्भिक रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका चिकित्सक डा. शेरबहादुुर पुनले जानकारी दिए । उनका अनुसार ती विद्यार्थीको केही परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
चीनबाट आएका ३/४ जना विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि उनको मात्र स्वास्थ्य परीक्षण गरिएको डा. पुनले जानकारी दिए ।
चीन, जापान, थाइल्याण्ड लगायत देशमा कोरोना भाइरसको संक्रमण बढेको छ । विश्व स्वास्थ्य संगठनले ती देशबाट आएका मानिसमा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्न भनेको छ । त्यसैले ती विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4