+
+

मुख्यमन्त्री राउत पुगे दिलिपको घरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १४:५७

३ माघ, जनकपुरधाम । अवैध नदी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिप महतोको परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले भेट गरेका छन् ।

घटना भएको एक सातापछि मुख्यमन्त्री राउत शुक्रबार बिहान महतोको घर गई परिवारसँग भेट गरेका हुन् । धनुषा मिथिला नगरपालिका ५ श्रीनगरस्थित घर पुगेका मुख्यमन्त्री राउतले दिलिपको फोटोमा पुष्प र अबीर अर्पण गरेर श्रद्वाञ्जली व्यक्त गरे ।

दिलिपका बुवा रामजीवनसँग भेट गरेका उनले हत्यामा संलग्नहरुलाई कडा कारवाहीका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

मुख्यमन्त्री राउतले दिलिपको परिवारलाई हरसम्भव सहयोग गर्न तयार रहेको समेत आश्वासन दिएका छन् । गत शुक्रबार बिहान स्थानीय औरही खोलामा अवैध उत्खनन रोक्न गएका दिलिपको कोखामा फलामको रडले घोचेर बेहोस बनाइएको थियो । त्यसपछि खोलामा सुताएर टिपर चलाई हत्या गरिएको थियो ।

दिलिपको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा प्रदेश सरकारले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?