Comments Add Comment

जावलाखेलमाथि पुलिसको सहज जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ ।

सौजन राई र कप्तान सुमन सुवेदीले यस सिजन लिगमा पहिलो गोल गर्दा पुलिसले जावलाखेललाई २-० ले पराजित गरेको हो ।

एन्फा कम्पेलक्स सातदोबाटोमा भएको खेलमा पुलिसले दुवै हाफमा एक-एक गोल गरेको थियो । खेलको २६औं मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए भने ४८औं मिनेटमा सुमन सुवेदीले पुलिसका लागि दोस्रो गोल गरे ।

जारी सिजन पुलिसको यो तेस्रो जित हो । ७ खेल खेलिसकेको पुलिसले ३ जित र दुई बराबरीबाट ११ अंक जोडेको हो । पुलिसले दुई खेलमा हार बेहोरेको थियो ।

पुलिस तेस्रो स्थानको मनाङ मर्स्याङ्दी १२ भन्दा एक अंकले पछि छ भने पाँचौ स्थानको थ्रीस्टार १० भन्दा एक अंक अघि छ । दुवै क्लबले समान ३ खेल जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment