Comments Add Comment

काठमाडौंबाट नक्कली नोटसहित दुई जना पक्राउ

५ माघ, काठमाडौं  । प्रहरीले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट आइतबार बिहान पक्राउ गरेको हो । उनीहरुको साथबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment