Comments Add Comment

तयार भयो आईसीपी, भिडियो कन्फ्रेन्समार्फत ओली–मोदीले उद्घाटन गर्ने

६ माघ, विराटनगर । मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) भोलिबाट सञ्चालनमा आउने भएको छ ।

भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तर गरेपछि मंगलबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले आईसीपीको निर्माण पूरा भएकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत मंगलबार संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी दिए । उद्घाटनलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसीपी सञ्चालननमा ल्याइने उनले बताए ।

आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो ।

दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।

भरतीय पक्षले यसअघि गत भदौ १५ गते नै आईसीपी नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो । यद्यपि, विद्युत् लडानलगायतका काम थाती रहेपछि मिति पर सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment