Comments Add Comment

आस्था प्रकरणमा प्रमोद भन्छन्–‘अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ’

‘गायक–गायिकाको बिषयमा बोल्ने संस्था नभएको आभाष भयो’

गायिका आस्था राउतको विमानस्थलमा चेकजाँचका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितीको बिषयमा कमै मात्र कलाकर्मीले आफ्नो भनाई सार्वजनिक गरेका छन् । विशेषगरि, यस बिषयमा संगीतसँग सम्बन्ध संघसंस्थाहरु बोलेका छैनन् । यसैविच, गायक प्रमोद खरेलले गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव आफूलाई भएको उल्लेख गरेका छन् ।

सामाजिक संजालमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै उनले लेखेका छन्–‘आस्थालाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ती र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन् । जुन आफैमा केही अस्वभाविक र कलाकारलाई सुहाउँदो छैन ।’

प्रमोदले सिसिटिभी फुटेजमा दुबैको अडियो नभएकाले पनि कसले के बोले थाहा नभएको उल्लेख गरेका छन् । उनले आस्था विनाकारण नै रिसाइन् होला त भनेर प्रश्न पनि गरेका छन् ।

प्रमोदले यो प्रकरणमा छानविन दुइपक्षिय नै हुनुपर्ने पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘दिनभर ड्यूटीले थकान भएर प्रहरीले यस्तै व्यवहार गरिन् होला पनि भन्न मिल्दैन । तसर्थ गल्तीको प्रतिशत जती जती भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ, एकपक्षिय होइन, यदि अघि बढ्ने नै हो भने ।’

प्रमोदले विगतदेखि नै प्रहरीले कलाकार र कलाकारले प्रहरीलाई गर्ने व्यवहार पवित्र भएको भन्दै एकाधन व्यक्तिगत घटनालाई समग्र प्रहरी क्षेत्रीसँग जोड्नु जोडाउनु दुर्भाग्य हुने पनि उल्लेख गरेका छन् । उनले आस्थालाई थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्क भूमिका खेल्न प्रहरीसँग आग्रह पनि गरेका छन् । उनले आस्था र प्रहरी जवान रमिताको हात मिलाउँदै गरेको हँसिलो तस्वीर सामाजिक संजालमा हेर्न पाइयोस् भनेर पनि कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment