Comments Add Comment

दामनको होटलमा ८ भारतीय बेहोस भेटिए

७ माघ, काठमाडौं । मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई कैलाश एयरको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय, पालुङका प्रहरी निरीक्षक विकास तामाङका अनुसार थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटकको मंगलबार बिहान उद्धार गरिएको हो ।

नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको भेटिएका थिए । प्रहरीका अनुसार, बेहोस सबैलाई उपचारका लागि काठमाडौंकाे हेम्स अस्पतालको आकस्मिक कक्षमा  भर्ना गरिएको छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

प्रहरीका अनुसार, उनीहरू  ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ ।

यद्यपि, पुष्टि भइनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment