Comments Add Comment

मकवानपुरका दुई क्याम्पसमा विद्यार्थी आन्दोलित, पठनपाठन ठप्प

७ माघ, हेटौंडा । विद्यार्थी आन्दोलनले मकवानपुरका दुई वटा क्याम्पसको पठनपाठन ठप्प भएको छ । कृषि वन विश्वविद्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको हो ।

हेटौंडाको कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षामा उतीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा भर्ना नगरी पहुँचका आधारमा भर्ना लिएको विद्यार्थीहरुको आरोप छ ।

डीनकै लगानी रहेको इन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर भर्ना गरिँदा अरु विद्यार्थी मारमा परेको विद्यार्थी संगठनको आरोप छ । आन्दोलीत विद्यार्थीले डीनको कार्यकक्षमा ताला लगाएपछि ३१ दिनदेखि पठनपाठन बन्द छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा शुल्क वृद्धिको विरोध गर्दै १५ दिनदेखि विद्यार्थीहरु अनशनमा बसेका छन् । क्याम्पस प्रशासनले भर्ना शुल्कमा शतप्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीहरु अनशन बसेको स्ववियु सभापती कुमार केसीले बताए ।

यता क्याम्पस प्रशासनले भने ९ वर्षको अन्तरालमा समयानुकुल नै शुल्क वृद्धि गरिएको र हाल वृद्धि गरिएको शुल्क समेत निजी क्याम्पसको तुलनामा सस्तो रहेको दाबी गर्दै आएको छ ।

क्याम्पस सञ्चालक समितिले आन्दोलित विद्यार्थीसँग शुल्क समायोजनको लागि वार्ताको प्रयास भइरहेको वार्ता कमिटिका संयोजक हिरालाल श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment