Comments Add Comment

आयुष्मान भन्छन्–‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’

बलिउड नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । ट्रेलरमा समलिंगी पुरुषको प्रेमलाई देखाइएको छ ।

दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने कुरालाई चलचित्रको विषयबस्तु बनाइएको छ । चलचित्रको ट्रेलरमा परिवारबाट स्विकार्य नभएको देखाइएको छ । ट्रेलरको एक दृष्यमा आयुष्मानलाई समलिंगी पुरुषको भूमिकामा देखिएका गुजराज रावले चुम्बन गरेको देखाइएको छ ।

आयुष्मान उक्त दृष्य हेरेर आफ्नो परिवारहरु निकै हाँसेको बताउँछन् । भारतीय मिडियासँग कुरा गर्दै उनले भनेका छन्–‘मलाई केही भन्नुहुन्छ कि भन्ने लागेको थियो । तर, बुबा आमाले त त्यसलाई हाँसोमा उडाइदिनु भयो ।’

आयुष्मानले यस्तो विषयमा चलचित्र गर्न लागेको परिवारलाई पहिल्यै थाहा थियो । तर, पनि नराम्रो रुपमा परिवारले लिन्छ कि भन्ने उनलाई डर थियो । आयुष्मान भन्छन्–‘कथा त उहाँहरुलाई सुनाइसकेको थिए । मैले हरेक चलचित्रको कथा उहाँहरुलाई सुनाउने गर्छु ।’

आयुष्मान पछिल्लो समयमा बलिउडका हिट मेसिन नै बनिरहेका छन् । उनी अभिनित चलचित्रले सय करोड कमाइ गरिरहेका छन् । उनी, चलचित्रमा कथा रोज्न माहिर नायकको रुपमा चिनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment