
९ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को दलित सदस्य पदमा नेकपाका राधेश्याम पासवान निर्वाचित भएका छन् ।
बिहीबार भएको मतदानमा उनले समाजवादी पार्टीका रामप्रित पासवानलाई हराउँदै निर्वाचित भएका हुन् ।
राधेश्यामले ५ हजार २ सय ९२ र रामप्रितले ४ हजार ७ सय ४ मतभार पाए । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग चुनावी तालमेल गरेको थियो भने समाजवादी पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4