+
+
Shares

हरित कृषि सहकारीले भन्यो- खारेज गर्नुपर्ने कारण छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १०:२२

९ माघ, काठमाडौं । खारेज गर्ने निर्णय रोक्न माग गर्दै हरित कृषि सहकारी संस्था सहकारी विभाग पुगेको छ । विभागले हति कृषि सहकारीसहित ५ संस्थालाई बुधबार खारेज गर्ने निर्णय गरेको थियो ।

हरित कृषिका अध्यक्ष दोकप्रसाद तिमल्सिनाले आफ्नो संस्था खारेज भइनसकेको दाबी गरे । अध्यक्ष तिम्सिनाले विभागले केही आरोपहरु लगाउँदै खारेज किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको बताए । स्पष्टिकरण सोधिएपछि आवश्यक कागजातहरु विभाग पठाइएको र सफाईका लागि बिहीबार विहान विभागका रजिष्ट्रारसँग नै छलफल समेत गरेको अध्यक्ष तिमल्सिनाले बताए ।

स्पष्टीकरण पत्र भने आजभोलि नै बुझाउने तयारीमा रहेको उनले बताए । ‘विभागले हामीलाई स्पष्टीकरण सोधेको हो, खारेजी भएको कुरा हामीलाई थाहा छैन’ उनले भने, ‘विभागमा हामीले केही कागजात पनि पठाएका छौं, स्पष्टीकरण भने कानूनी सल्लाहकारको रायमा लेख्ने तयारी भइरहेको छ ।’

उता विभागका रजिष्ट्रार टोकराज पाण्डेले भने खारेजी गर्ने निर्णय भइसकेको बताए । खारेजी गर्ने निर्णय भइसकेपछि केही कागजातहरु आएको र त्यसका विषयमा थप निर्णय हुन बाँकी रहेको उनले बताए ।

‘हिजो म कार्यालयबाट निस्किएपछि मात्रै कागजातहरु सहकारी पठाएको रहेछ, निर्णय भइसकेको थियो’ रजिष्ट्रार पाण्डेले भने, ‘कागजातहरु अध्ययन गरेर सफाई दिन सक्ने ठाउँ रहेछ भने हेर्छौं ।’

सहकारी ऐनको दफा ८८ को उफदफा (३) मा विभागका रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकारप्राप्त व्यक्तिले समेत सहकारी सिद्धान्तअनुसार काम गरेको नपाइए खारेज गर्न सक्ने व्यवस्था उल्लेख छ । उक्त ऐनअनुसार नै खारेजीको निर्णय भएको रजिष्ट्रार पाण्डेले बताए ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपभूूमी केषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्वसैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषि सहकारी संस्थालाई  खारेजी गर्ने विभागले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?