Comments Add Comment

फारवेष्ट पशुपति कप माघ १७ गतेदेखि

९ माघ, कैलाली । पाँचौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी माघ १७ गतेदेखि आयोजना हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसअघि निर्धारण गरेको मितिमा तयारी नपुगेको भन्दै फारवेष्ट पशुपति युवाक्लबले प्रतियोगिता माघ १७ गतेदेखि आयोजना गर्ने जनाएको हो ।

पहिलो पटक पुस ४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी भएको थियो । तयारी पूरा नभएपछि माघ १० गते प्रतियोगिता आयोजना गर्ने क्लबले जनाएको थियो ।

तेस्रो पटक सारिएको प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म धनगढी रङ्गशालामा हुने फारवेष्ट पशुपति युवाक्लबले जानकारी दिएको छ । पाँचौं संस्करणको तयारी तीव्र रुपले भइरहेको क्लबका अध्यक्ष खेम रावतले बताए । प्रतियोगिताको ट्रफी भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाखतथाउपविजेताले दुई लाख पुरस्कार पाएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगदपाउनेछन् ।

सबै धनराशिजोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।

धनगढी रङ्गशालामा आयोजनाहुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment