Comments Add Comment

आकाशको स्पष्टिकरण–‘बोर्ड अध्यक्ष बन्ने चाहना छैन’

चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त भएपछि यतिबेला विभिन्न चलचित्रकर्मी लबिङमा छन् । नायक भूवन केसीदेखि निर्देशक दयाराम दाहालसम्म अहिले अध्यक्ष बन्न लबिङ गरिरहेका छन् ।

केही दिनदेखि नेपाली मिडियामा नायक राजेश हमालदेखि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको नाम पनि अगाडि आइरहेको छ । यसैविच, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफूलाई अहिले नै बोर्ड अध्यक्ष बने कुनै चाहना नरहेको बताएका छन् ।

सामाजिक संजालबाट स्पष्टिकरण दिदै उनले भनेका छन्–‘म अबको केही बर्ष चलचित्र निर्माण, निर्देशन र फिल्म सिटी निर्माणमा ब्यस्त रहने हुँदा, म मा कुनै चाहना नरहेको जानकारी गराउन चाहन्छु ।’

आकाशले चलचित्र निर्देशन नगरेको केही बर्ष भयो । अब, उनले केही बर्ष चलचित्र निर्देशन, निर्माणमा व्यस्त हुने समेत बताएका छन् । यस्तै, नायक राजेश हमालले पनि चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि आफू इच्छुक नरहेको बताएको खबर सार्वजनिक भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment