Comments Add Comment

‘के घर के डेरा’मा दयाहाङ, विपिन र रविन्द्र

चलचित्र ‘के घर के डेरा’ बन्ने भएको छ । यो नाममा करिब ३५ बर्ष अगाडि चलचित्र बनेको थियो । अब, सोही नामलाई सापटी लिदै निर्देशक सुव्रतराज आचार्यले चलचित्र निर्देशन गर्न लागेका हुन् ।

सामाजिक बिषयमा बन्न लागेको यो चलचित्रमा सिंगे लामाको प्रस्तुति छ । उनले यसअघि चलचित्र ‘जात्रा, हरि र जात्रै जात्रा’ निर्माण गरेका थिए ।

वुझिएअनुसार, चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ । चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्की र कलाकार रविन्द्र झाको मुख्य भूमिका रहने वुझिएको छ । निर्माणपक्षले यस बिषयमा केही पनि बताएको छैन ।

शरद श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन् । चलचित्रको छायांकन काठमाण्डौमै गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।

दिर्घ गुरुङको छायांकन रहने यो चलचित्रमा शंकर थापाले संगीत तयार पारेका छन् । वुझिएअनुसार, चलचित्रका लागि नायिकाको खोजी भैरहेको छ । निर्माणटिमले केही नायिकासँग कुरा गरेपनि फाइनल गर्न सकेको छैन ।

नायक विपिन कार्की र दयाहाङ राइले चलचित्र ‘लुट २, जात्रै जात्रा’ लगायतका चलचित्रमा सहकार्य गरेका थिए । यसैले पनि उनीहरुको केमेष्ट्री रहने चलचित्र ‘के घर के डेरा’ दर्शकका लागि रोचक हुने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment