+
+
Shares

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ११ गते १९:०२

११ माघ, गोरखा । नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका दुइ कार्यकर्ता पक्राउ परेका छन् । गण्डकी गाउँपालिका-७ घ्याल्चोकका बिष्णु प्रसाद रिजाल र शहिद लखन गाउँपालिका-४ ताक्लुङका रोहित प्रसाद पन्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘पहिलैदेखि खोजी भइरहेको थियो,’ एसपी ओम प्रसाद अधिकारीले भने, गोरखा नगरपालिका वडा नम्वर १० बिरेन्चोकबाट पक्राउ गर्‍यौं ।’

रिजाल विप्लव समूहका पूर्व जिल्ला जनपरिषद प्रमुख र पन्त किसान संघका पूर्व अध्यक्ष रहेको एसपी अधिकारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?