Comments Add Comment

राजश्वको लक्ष्य भेट्टाउन निजी क्षेत्रमाथि डण्ठा लगाउँदिनँ : अर्थमन्त्री

१२ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. खतिवडाले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको र सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको प्रष्ट्याए ।

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुने उनले बताए ‘नजी क्षेत्रका साथीहरू आत्तिएको पाएँ । यस्तो होइन, गलत ठाउँमा मात्रै डण्डा चल्छ’ उनले भने ।

राजश्व लक्ष्यलाई लिएर आफू नडराएको भन्दै उनले यसका लागि निजी क्षेत्रमाथि डण्ठा नचलाउने बताएका छन् । उनले विदेशी मुद्रा सञ्चितिमा मुलुक दक्षिण एसियामै राम्रो रहेको तथा बैंक ब्याजदरको समस्या नरहेको धारणा राखे ।

मूल्यांकनमा समस्या कायम : व्यवसायी

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले भन्सार प्रणाली समयसापेक्ष विकसित भएको बताए । भन्सारमा अझै मूल्यांकनमा समस्या रहको र त्यसको असर चोरी निकासी बढेको उनको भनाई थियो ।

अर्थमन्त्री खतिवडालाई अध्यक्ष मोरले भारतसँग भएको बलक कार्गो सम्झौता छिटो कार्यान्वयन गर्न आग्रह गरे । ‘भन्सारले पोष्ट अडिट ढिलाइ गर्दा उद्योगी व्यवसायी मारमा पर्छन् । ठूला आयोजनाको भन्सार छुटमा समान कर लगाईनुपर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवनी राणाले सरकारको आर्थिक समृद्धिको यात्रामा महासंघ साथ रहेको बताइन् । ‘भन्सार विश्वासिलो बनाउन भएको प्रगतिको हामी सरहाना गर्छौं । व्यवसाय गर्ने राम्रो वातावरणको अवस्था भन्सारले प्रतिबिम्बत गर्छ अझै सुधार गरौं,’ उनले भनिन्,’ भन्सार राजश्वमुखी नभई व्यवसाय मैत्री बनाउँ ।’

देशमा गुणस्तरीय वस्तु भित्र्याउने जिम्मेवारी भन्सारको भएको भन्दै उनले स्वदेशी कृषिजन्य वस्तुको निर्यातमा भन्सारले भुमिका खेल्नुपर्ने बताइन् । भन्सारलाई आयत र निर्यातमा मात्रै नभई दुई देशबीच जनता जनताको पुल बनाउन उनले आग्रह गरिन् ।

चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले भ्याट र आयकर राजश्व पारदर्शी बनाउन सरकार र निजी क्षेत्र एक ठाउँमा हुनुपर्ने बताए ।

भन्सारमा भएको अटोमेसन सराह्रनीय भएकोले थप प्रविधि मैत्री बनाउन सरकारलाई आग्रह गरे । भन्सारमा सन्दर्भ मुल्यांकनको वर्तमान ९० प्रतिशत समस्या समाधान गर्न एलसी र टिटी कार्यन्वयन गर्न उनको सुझाव छ ।

‘प्रदेश र संघको कर प्रणालीले व्यवसायी माारमा परेका छन् यसमा अर्थमन्त्रीको ध्यान जाओस्,’ उनले भने,’ भन्सार विभागसँग सहकार्य गर्न चेम्बर आतुर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment