+
+
Shares

विराज भन्छन्–‘मिनरल वाटरले मुख धोएको कुरा हल्ला हो’

कलाकारले निर्मातालाई सहयोग गर्न आवश्यक छ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १३:४९

नायक विराज भट्ट चलचित्र क्षेत्रमा आज पनि उत्तिकै सक्रिय छन् । विराजले अभिनय गरेका ७५ भन्दा बढी चलचित्रले दर्शकमा राम्रो छाप छाडेका छन् । उनै, विराज यतिबेला चलचित्र ‘साङ्लो’को प्रचारमा व्यस्त छन् ।

विराजले अनलाइनखबरसँग कुरा गर्दै भने–‘हेरक कलाकारमा हुनुपर्ने एउटा गुण के हो भने, उसमा सहयोगी भावना हुनुपर्छ । निर्मातलााई कलाकारले सहयोग गर्न आवश्यक छ । सबैजना मिले मात्र चलचित्र राम्रो बन्न सक्छ ।’

तपाई आफै निर्माता तथा निर्देशक भएपछि यो भावना पलाएको हो कि भन्ने प्रश्नमा उनले भने–‘त्यस्तो होइन । मैले निर्माताकै अनुहार हेरेर थुप्रै जोखिम मोलेको छु । निर्माताकै अनुहार हेरेर विना सेफ्टी मैले भालुसँग फाइट पनि खेलेको छु ।’

उसो भए, तपाइले मिनरल वाटरले मुख धोएका खबर पनि आएका थिए नि भन्ने प्रश्नमा उनले भने–‘त्यो सबै हल्ला हो । यस्तो हल्लाको पछि लागेर काम पनि छैन ।’ उनले, कतिपय अवस्थामा निर्माता पनि फटाहा हुने सुनाए । भने–‘यसो भन्दै गर्दा सबै निर्माता राम्रा हुन्छन् भन्ने पनि छैन । कतिपय निर्माता फटाहा पनि हुन्छन् ।’

नायक भट्टले आफूले ‘जय परशुराम’ चलचित्रमा काम गर्नु अगाडि ७–८ वटा चलचित्रमा काम गर्ने पक्का भएको तर पछि कुनै पनि चलचित्र नबनेको बताए । भट्टले भने–‘हो, मेरा चलचित्र बजारमा नआउँदा लामो ग्याप भएजस्तो देखियो । तर, मैले भित्री रुपमा चलचित्रमा काम गर्ने प्रतिक्रिया अगाडि बढाएको पनि थिएँ । मैले, ‘जय परशुराम’मा काम गर्नु अगाडि ७ वटा चलचित्र साइन गरिसकेको थिएँ । तर, विविध कारणले यी कुनै पनि चलचित्र बनेनन् ।

विराजको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?