+
+

लरीको ठक्करबाट युएईमा एक नेपालीको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १७:४३

युएई । युएईमा लरीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाका रमेश कामी रहेको युएइको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

ओमानबाट युएई आउँदै गरेको लरीले हत्ता भन्ने स्थानमा उनलाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शी प्रमोद तामाङका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको हो ।

रमेश सरसफाइ सम्बन्धी काम गर्ने कम्पनीमा कार्यरत थिए । घटना शनिबार भएको हो ।

रमेशको शव नेपाल फर्काउने र कम्पनीबाट पाउने सेवासुविधालगायतका बारे दूतावासले कम्पनी र स्थानीय निकायसँग समन्वय गर्न दूतावासका जनसम्पर्क अधिकृत खटाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?