+
+
Shares

गोकुल बास्कोटाको कटाक्ष – चीन र अमेरिकी रणनीतिको आधिकारिक व्याख्याता नेकपा हो ?

एमसीसी केन्द्रीय कमिटीबाट पारित हुन्छ, संसदमा प्रक्रिया शुरु भइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १७:२६

१६ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने उद्देश्य’ भन्ने लाइनमा  प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएको उनीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले स‌ंकेत गरेका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशका नीति र नियतबारे टीकाटिप्पणी गर्ने पक्षमा प्रधानमन्त्री नरहेको बताए । उनले अमेरिका र चीनबीच प्रतिस्पर्धा र सहकार्य रहेकाले उनीहरुका रणनीतिको आधिकारिक व्याख्याता  नेकपा नभएको धारणा राखे ।

मन्त्री बास्कोटाले भने, ‘हामीसँग यो क्षमता छैन कि कुनै शक्ति राष्ट्रको कुन पोलिसी कुन देशलाई घेर्ने वा कुन देशलाई छेक्ने ढंगले ल्याइयो । यस्तो काल्पनिक दृष्टिकोण राख्नु हुँदैन । एउटा शक्ति राष्ट्रले कुन पोलिसी ल्याउँछ त्यसको आधिकारिक ब्याख्याता हामीझैं भएर जानु हुँदैन ।’

बास्कोटाले यसअघि भेनेजुयला प्रकरणमा एउटा विज्ञप्ति निकाल्दा तीन पटक सच्याउनुपरेको स्मरण गर्दै शक्ति राष्ट्रका नीतिहरुको बारेमा नेकपाले अनावश्यक रुपमा शब्दजाल प्रयोग गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले बैठक उद्घाटनका बेला व्यक्त गरेको विचारनै सरकार र नेकपाको आधिकारिक धारणा रहेको उनले दावी गरे ।

मन्त्री बास्कोटाले भने ‘हामीले नचाहिएका कुरा उठाएर जबर्जस्ति स्थापित गर्न खोज्नु हुन्न । शक्ति राष्ट्रलाईइ उचाल्ने पछार्ने पनि होइन । एउटा वक्तव्य दिँदा के भयो ? सातचोटी जति सच्याउनुपर्‍यो । अमेरिका र चीनका रणनीतिको व्याख्या गर्ने काम नेकपाको होइन । प्रधानमन्त्री यसमा प्रष्ट हुनुहुन्छ ।’

करीव आधा घण्टासम्म एमसीसी सैन्य रणनीतिभन्दा बाहिरको विषय रहेको भनेर व्याख्या गरेका बास्कोटाले भारत र चीनबाट पनि अनुदान तथा ऋण सहायता लिदा विभिन्न शर्त स्वीकार गरिएको बताए । केही व्यक्तिले राजनीतिक बजार तताउन एमसीसीलाई विवादमा पारेको उनको भनाइ थियो ।

बास्कोटाले भने ‘हामीले भारतसँग पनि झण्डै एक अर्ब ऋण तथा अनुदान सहायता स्वीकार गरेका छौं र त्यसमा ६५ प्रतिशत निर्माण सामाग्री उनीहरुको हुनुपर्ने शर्त स्वीकार गरिएको छ । चीनसँग पनि ५६ अर्बको अनुदान लिइएको छ । सबै दातृ निकायसँग शर्त स्वीकार गरेरै सहयोग लिने हो तर हामी कुनै सैन्य रणनीतिमा भने सामेल हुन्नौं ।’

हेर्नुहोस् भिडियो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?