Comments Add Comment

ब्रुनो फर्नान्डेज युनाइटेडमा, भन्छन्– रोनाल्डोबाट प्रभावित भएँ

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

युनाइटेडले २५ वर्षीय फर्नान्डेजलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट अनुबन्ध गरेको हो ।

फर्नान्डेजले युनाइटेडसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी सन् २०२५ को सिजनसम्म युनाइटेडमा रहने छन् । ५५ मिलियन युरोमा सम्झौता भएको हो । यो रकम उनको प्रदर्शन हेरेर ८० मिलियन युरोसम्म पुग्न सक्ने बीबीसीले जनाएको छ ।

फर्नान्डेजले म्यानचेष्टर युनाइटेडको लागि खेल्न पाउनु अनौठो अनुभव हुने बताए । उनले क्रिस्टियानो रोनाल्डोको खेल हेर्दा देखि नै आफू युनाइटेडको फ्यान भएको र क्लबलाई माया गर्न थालेको बताए । उनले पोर्चुगिज क्लब स्पोर्टिङलाई पनि अहिलेसम्मको साथको लागि धन्यवाद दिँदै नयाँ क्लब युनाइटेडमा राम्रो खेल्ने बताए ।

यस सिजन फर्नान्डेजले स्पोर्टिङबाट २८ खेलमा १५ गोल गरेका छन् । उनले स्पोर्टिङका लागि १३७ खेलमा ६३ गोल र ५२ असिस्ट गरेका छन् ।

पोर्चुगलका लागि १९ खेल खेलिसकेका फर्नान्डेज सन् २०१९ को युएईएफए नेसन्स लिग जित्दा टिममा सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment