Comments Add Comment

भान्छाको प्रदूषण, गृहणीको स्वास्थ्यमा जोखिम

प्रदुषणबाट कसरी बच्ने ?

घर भित्र हुनु भएकोले आफुलाई कुनै किसिमको प्रदुषण झेल्नु पर्दैन भन्ने सोच्नु हुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ ।

बेलायतको युनिभर्सिटी अफ शेफिल्ड अनुसन्धानकर्ताहरुका अनुसार भान्छामा धुवाँ बाहिर जाने उचित निकास नहुँदा तपाईंको घर बाहिर हुने प्रदुषण भन्दा तीन गुणा धेरै प्रदुषण हुन्छ । अनि यो प्रदूषण बढाउने कार्य इलेक्ट्रोनिक बर्नरबाट भैरहेको हुन्छ । त्यस्ता प्रदुषणबाट तपाईंलाई घाँटि खस्खसाउने, टाउको दुख्ने, रिँगटा लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता विभिन्न समस्याहरु देखा पर्न सक्छ ।

भान्छामा प्रयोग हुने मसलाले केवल खानाको स्वाद बढाउने मात्र नभएर स्वास्थका लागि पनि फाइदाजनक हुन्छ । तर त्यस्ता मसलाले खानाको स्वाद त बढाउँछ नै, साथ-साथै ती  तेल मसला भएका खाना बनाउँदा धुवाँ पनि धेरै नै  उत्पन्न हुन्छ, जुन स्वास्थका लागि हानिकारक हुन्छ ।

महिलाहरुको बढि समय भान्छामा नै बित्ने गर्छ । त्यसैले महिलाहरुको स्वास्थका लागि एउटा त्यस्तो उपकरण पनि बजारमा उपलब्ध छ, जुन भान्छामा उत्पन्न भएका धुवाँलाई सजिलै र तुरुन्तै बाहिर निकालेर भान्छालाई प्रदुषणमुक्त गर्छ, त्यो हो चिम्नी ।

केही वर्ष अगाडिसम्म पनि हाम्रो घर ठुलो हुन्थ्यो । सामान्यतयाः भान्छा खुल्ला स्थानमा नै बनाइथ्यो । त्यस्ता भान्छामा धुवाँ घर भित्र फैलन पाउँदैन थियो । तर, अहिले बढ्दो जनसंख्याका कारण परिवारहरु फ्ल्याटमा सिमित हुन थालेका छन्, जसमा हावा र प्रकाशको कमी हुन्छ । मानिसहरुमा स्वास्थ सम्बन्धित विभिन्न समस्याहरु उत्पन्न हुन्छ । त्यसबाट बच्नका लागि राम्रो भेन्टिलेसनका साथै सही ढंगको इलेक्टि्रकल उपकारणहरुलाई बेला बेलामा सरसफाइ गर्न पनि उत्तिकै आवश्यक छ, जसले घर भित्र प्रदुषण हुन दिँदैन ।

भान्सामा प्रदूषणको कारण

अहिले आएर भान्सा केवल ग्याँससम्ममात्र सिमित छैन । अहिले पुरानो भान्सा मोड्यूलर किचेनमा परिवर्तन हुँदै गैरहेको छ, जसमा टोस्टर, माइक्रोवेव ओभनसहित अन्य धेरै सामानहरु अटाउन सक्छन् । तर, जहाँ यी इलेक्ट्रोनिक उपकरणहरुले समयको वचन गरिरहेका छन्, त्यहीं यीनले प्रदूषण समेत फैलाइरहेका छन् । जुन बाहिरको प्रदूषणभन्दा कैयौं गुणा बढि हानिकारक हुन्छ । ती उपकरणले कति सम्म हानी पुर्‍याँछन् ?

टोस्टर

सबै इलेक्ट्रोनिक बर्नरहरुले वाफबाट पैदा हुने डस्टका सूक्ष्मकणहरु उत्पन्न गर्दछन्, जुन प्रदूषणका लागि जिम्मेवार हुन्छन् । जब हामी लामो समयसम्म टोस्टरको प्रयोग गर्दैनौं र जब पुनः त्यसलाई प्रयोग गर्छौं, त्यो बेला त्यसमा जम्मा भएको फोहोर वाफको रुपमा सूक्ष्मकणहरुमा परिवर्तन भएर प्रदूषणको कारण बन्न पुग्दछन् । जसले स्वास्थ सम्बन्धि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ ।

माइक्रोवेव

बेलायतको यूनिभर्सिटी अफ मेनचेस्टरका अनुसन्धानहरुका अनुसार माइक्रोवेव ओभनले कार्बन डाई अक्साइडलाई अत्यधिक मात्रामा उत्सर्जन गर्छ, जसले कारले भन्दा बढि खतरनाक प्रदूषण फैलाउनले काम गर्छ ।

रोटी मेकर 

त्यसो त रोटी मेकेरले छोटो समयमै तात्तातो रोटीहरु बनाइदिन्छ, तर के तपाईंलाई थाहा छ यसले पनि तपाईंको घरलाई प्रदुषित गरिरहेको हुन्छ भन्ने कुरा ? यदि तपाईंको घरमा यसबाट निस्कने धुवाँलाई बाहिर निकाल्ने प्रसस्त व्यवस्था छैन भने यसको प्रयोग निकै सावधानिपूर्वक गर्नु होला ।

हानिबाट बच्न के गर्ने ?

-धुवाँ तथा फोहोरलाई भान्साबाट बाहिर निकाल्नका लागि घरमा उचित भेन्टिलेसनका साथसाथै चिम्नीको पनि व्यवस्था गर्नु पर्छ, ताकि घरमा प्रदूषण नफैलियोस् ।

-चिम्नीमा समेत फोहोर जम्ने समस्या हुन्छ । त्यसैले चिम्नीमा जमेको फोहोरलाई हटाउनका लागि त्यसमा जडित फिल्टरहरु तथा त्यसको फ्रेमहरुलाई छोटो-छोटो समयमा सफा गरिरहनु पर्दछ ।

-जब-जब टोस्टर, माइक्रोवेवपछि कफी अथवा टि मेकर प्रयोग गर्नु हुन्छ भने त्यसको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । किनभने ती उपकरणहरुमा फोहोर जम्मा भयो भने प्रदूषणको खतरा अझै बढेर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment