Comments Add Comment

त्यो एन्टिना जसले टाइटानिक दुर्घटनाको खबर दिएको थियो

अहिले हामी मोबाइल फोनबाट पृथ्वीको एक कुनाबाट अर्को कुनामा कुराकानी गर्न सक्दछौं । पृथ्वीमा मात्र होइन, पृथ्वीबाट लाखौं किलोमिटर टाढा रहेको अन्तरीक्षमा समेत कुराकानी गर्न सकिन्छ । वायरलेस सञ्चारको यो प्रविधिको आविष्कारको श्रेय गुग्लेल्मो मार्कोनीलाई जान्छ । उनले नै रेडियो टेलिग्राफको आविष्कार गरेका हुन् ।

इटालीको बोलाना सहरमा जन्मिएका हुन् मार्कोनी । पहिलो पटक आन्ध्र महासागरको एक छेउबाट अर्को छेउसम्म बेतारे अर्थात् रेडियो सन्देश पठाउन उनी सफल भए ।

आजभन्दा १ सय १९ वर्षअघि अर्थात् सन् १९०१ मा उनले यसको सफल परीक्षण गरेका थिए । बेलायतको तटीय क्षेत्रस्थित पोल्ढूबाट क्यानडाको सेन्ट जोन्स नामको सहरमा उनले रेडियो सन्देश पठाएका थिए । जुन तरंग सेन्टजोन्सस्थित टावरको एन्टिनाले पक्रिन सफल भयो । बेलायतबाट पठाइएको विद्युत् चुम्बकीय तरंग आन्ध्र महासागर पार सेन्ट जोन्सस्थित मार्कोनीको सिग्नल हिलस्थित एन्टिनामा पुगेको घटना वास्तवमै सञ्चारको क्षेत्रमा चमत्कार नै सावित भयो । यहीँ आविष्कारका लागि मार्कोनीले सन् १९०९ मा नोबेल पुरस्कार प्राप्त गरे ।

मार्कोनी पहाड अर्थात् सिग्नल हिललाई विज्ञानको दुनियाँमा तीर्थस्थल नै मान्ने गरिएको छ । यही पहाडमा रहेको एन्टिनाले नै दुनियाँलाई पहिलोपटक टाइटानिक जहाज दुर्घटनामा परेको खबर दिएको थियो ।

सिग्नल हिल क्यानडामा निकै लोकप्रिय पिकनिक स्पट पनि हो । त्यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् । तथापि, त्यहाँ घुम्ने आउने धेरै मानिसलाई मार्कोनी पहाडको उक्त एन्टिनाको पूरै इतिहास थाहा नहुन सक्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment