Comments Add Comment

१२ तथ्य : क्यान्सरको सम्बन्धमा

तथ्यांकले देखाउँछ, विकासशिल देशमा करिब ७० प्रतिशत मृत्यु नै क्यान्सरले गर्दा हुनेगर्छ । यसबाट नेपाल अछुतो छैन । हामीकहाँ क्यान्सरको भयावह अवस्था छ । बर्षेनी क्यान्सर रोगी थपिने क्रम छ ।

क्यान्सर आफैमा डरलाग्दो रोग हो । तर, उपचार नै नहुने रोग भने होइन । सुरुवाती चरणमा उपचार थालियो भने क्यान्सर पूर्णत निको हुन्छ । समस्या चाहि कहाँ छ भने, हामीले आफुलाई क्यान्सर लागेको त्यसबेला मात्र थाहा पाउँछौं, जतिबेला यसको उपचार जटिल बनिसकेको हुन्छ । अर्कोतिर नेपालमा अझैपनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् ।

क्यान्सर के हो ? किन लाग्छ ? कसलाई लाग्छ ?

स्वस्थ कोशिकामा क्षति

क्यान्सरमा शरीरका केही असामान्य कोशिकाहरु अनियन्त्रितरुपमा विभाजित हुन थाल्छन् । यो अनियन्त्रित रुपमा फैलिन्छ र आफ्नो सम्पर्कमा आएका स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्‍याउँछ ।

ट्युमरको रुपमा सुरु

क्यान्सर शरीरुको जुनसुकै भागमा हुन सक्छ । अधिकांस क्यान्सर ट्यूमरको रुपमा हुन्छ । तर रक्त क्यान्सर ट्यूमरको रुपमा हुँदैन ।

क्यान्सर अनुवंशिक भन्दा पनि उस्तै खानपानले

क्यान्सरमा धेरै कम घटना मात्र आनुवंशिक कारणसँग जोडिएको हुन्छ । अनुसन्धानबाट पुष्ट भइसकेको छ कि अधिकांश बिरामीलाई आफ्नो आमाबाबुबाट क्यान्सर सरेको हुँदैन । तर, एकै प्रकारको खानपिन हुने भएकाले परिवारका सदस्यहरुलाई एकैसाथ क्यान्सरले छुने सम्भावना पनि हुन्छ ।

प्रदूषण क्यान्सरको कारण

प्रदूषित वातावरणले गर्दा क्यान्सरको सम्भावना बढेको छ । हामीले सास लिने हावा, पिउने पानी र खानेकुरा अत्यन्त महत्वपूर्ण छन् । क्यासरबाट बच्नका लागि यी तीनै कुराहरु सफा र टक्जिक मुक्त हुनुपर्छ ।

धुमपानले क्यान्सरको उच्च जोखिम

फोक्सोको क्यान्सर ९० प्रतिशतभन्दा बढि घटनामा धुम्रपानका कारण हुन्छ । क्यान्सरका कारण हुने २२ प्रतिशत मृत्यु फोक्सोको क्यान्सरले हुन्छ । सुर्ति सेवन संसारभरी क्यान्सरको सबैभन्दा ठूलो कारण हो । फोक्सोको क्यान्सरमा रोगी बाँच्ने सम्भावना २० प्रतिशतभन्दा पनि कम हुन्छ ।

पर्याप्त निद्रा नलिनेलाई मलाशयको क्यान्सर

राति पर्याप्त रुपमा निदाउनु अत्यन्त आवश्यक छ । दैनिक ६ घन्टाभन्दा कम सुत्ने व्यक्तिहरुलाई मलाशयको क्यान्सर हुने खतरा हुन्छ । राति काम गर्ने मानिसहरुलाई क्यान्सर लाग्ने सम्भावना बेसी हुने अनुसन्धानले देखाएको छ  ।

प्रत्येक आठ जनामा एकको मृत्यु क्यान्सरले

संसारभर प्रत्येक आठ जनामध्ये एक जना क्यान्सरका कारण मर्छन् । यसबाट हुने मृत्यूको संख्या मलेरिया, टीबी र एड्सका कारण हुने मृत्यूको कुल संख्याभन्दा बढि हुन्छ ।

तीन करोड बढी क्यान्सरलाई जित्न सफल

आजका दिनसम्म ३ करोड ३० लाखभन्दा बढि बिरामी क्यान्सरको पञ्जाबाट फुत्किन सफल भएका छन् ।

सबैभन्दा कुन क्यान्सर ?

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार महिलाहरुमा सबैभन्दा बढि स्तन, कलोरेक्टल, फोक्सो, श्वासनली र पेट क्यान्सर पाइएका छन् । यसैगरी पुरुषहरुमा फोक्सो, श्वासनली, कोलोरेक्टल, पेट आदि क्यान्सर बढि हुन्छन् ।

क्यान्सरअघि स्क्रिनिङ

अन्डासय, फोक्सो र मलाशयको क्यान्सरको लक्षण त्यतिबेला मात्र देखिन्छ जब यसो शरीरका अन्य हिस्साहरुमा फैलिइसकेको हुन्छ । यस्तोमा क्यासरको निदानका लागि नियमितरुपमा स्क्रिनिङ आवश्यक छ ।

छालाको क्यान्सर आम

छालाको क्यान्सर सबैभन्दा आम हुन्छ । हरेक वर्ष छालाका क्यान्सरका रोगीहरु बढिरहेका छन् । पाइलट र बढि हवाई यात्रा गर्ने व्यक्तिहरुलाई स्किन क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

३० बर्षपछि गर्भवती हुनेलाई

३० उमेर कटिसकेपछि गर्भवती हुने महिलालाई ब्रेस्ट क्यान्सर हुने सम्भावना त्यो भन्दा पहिले गर्भवती हुने महिलालाई भन्दा बढि हुन्छ । यसैगरी विवाहित पुरुषहरुलाई भन्दा अविवाहित पुरुषहरुलाई क्यान्सरको बढि खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment