+
+

रघुवीर महासेठलाई नेकपा स्थायी कमिटीबाट हटाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १४:३४

१९ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहले आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन माग गरेका हुन् ।

महासेठकै जिल्लावासी धनुषाका नेता साहले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधानमा स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्ने महासेठको सो योग्यता नरहेको दाबी गरिएको छ । आफूहरुले यसअघि पनि ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको उनले बताएका छन् ।

उनको निवेदनमा भनिएको छ, ‘कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीव्नमा एकपटकमात्र आठौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने २ पटक मनोनितसम्म हुनुभएको हो । कहिँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटव्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन ।’

विधान विपरीत महासेठ स्थायी कमिटी सदस्य भएको भन्दै स्थायी कमिटी र सचिवालयका निर्णय अनुमोदन गर्नुअघि केन्द्रीय कमिटीले महासेठलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय सच्याउन उनले माग गरेका छन् ।

महासेठ एमाले माओवादी एकीकरणपछि चारजना स्थायी कमिटी सदस्य तत्कालीन एमालेबाट थपिदा बिष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसालसँगै थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?