Comments Add Comment

नोबल मेडिकल कलेजले २८ लाख बढी शुल्क मागेको अभिभावको गुनासो

१९ माघ, विराटनगर । एमबीबीएस अध्ययनमा नोबल मेडिकल कलेज विराटनगरले सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकले गुनासो गरेका छन् ।

कलेज प्रशासनले सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क लाग्ने बताएपछि आन्दोलित बनेका अभिभावकले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । तर कलेज प्रशासनले बढी शुल्क मागगर्दै अग्रिम रुपमा नबुझाए विद्यार्थीलाई पठनपाठनमा समावेश नगर्ने धम्की दिएको अभिभावकको गुनासो छ ।

सरकारले तोकेको पहिलो किस्ताको रकम १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजले अभिमुखीकरण कार्यक्रम गर्दै बढी शुल्क माग गरेको थियो ।

कलेजले बदनियतपूर्ण तरिकाले सरकारले तोकेकोभन्दा बढी शुल्क माग गरेको भन्दै ४० जना अभिभावकले हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, अख्तियार दुरूपयोग अनुन्सधान आयोग र मोरङ प्रहरीमा ज्ञापनपत्र बोधार्थ दिएका छन् ।

नोबल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क मागेको अभिभावक हेमन्तकुमार शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment