Comments Add Comment

विश्व सिमसार दिवसमा सरसफाइ

२० माघ, काठमाडौं । विश्व सिमसार दिवस २०२० को अवसरमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सरसफाइ कार्यक्रम गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुन्दरीजल क्षेत्र र बागमती नदीको सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको श्री दि फेमस महिन्द्र दल गण, निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय महिला समूह, विद्यार्थी, शिक्षक, नेपाल स्काउटका सदस्यहरु गरी करिव ३०० जना व्यक्तिहरु सहभागी रहेको विभागले जनाएको छ । विभागका अनुसार सरसफाइको क्रममा करिब दुई टन प्लास्टिकजन्य फोहर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

सरसफाइ समापन कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ सचिव वलीले सिमसारको लागि संरक्षण र यसको बुद्धिमतापूर्ण उपयोग गर्नुपर्ने बताए ।

कार्यक्रमलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराई, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जालगायतले सम्बोधन गरेका थिए ।

सरसफाइअघि मन्त्रालयका सचिव वलीले वन परिसर बबरमहलको गेटमा विश्व सिमसार दिवसको ब्यानर अनावरण गरेका थिए । यस वर्ष विश्व सिमसार दिवसको नारा ‘सिमसार र जैविक विविधता’ तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment