Comments Add Comment

चीनबाट फर्काइएका नेपालीलाई संसद भवनमै राखौं : सांसद यादव

२१ माघ, काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको भन्दै उनले संसद भवन नै खाली गर्न प्रस्ताव गरेका हुन् ।

‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन । कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ?’ उनले भने ।

संसद भवन खाली गरेर बाहिर पालमा संसद चलाउन सांसद यादवले माग गरे ।

उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गरे । ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं ।’

सांसद यादवले चीनमा रहेका विद्यार्थीलाई लिन जहाज कहिले उड्छ भनी प्रश्नसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment